एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) माथि प्रश्न उठाएका छन् ।
आज (बुधबार) को प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले नेपाली सेना संलग्न हुने कुनै पनि नेपाली सहभागी हुन नपाउने भन्दै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जबाफ दिनुपर्ने बताए ।

उनले भने, ‘यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले तत्काल उभिएर आफ्नो कुरा प्रष्ट राखेको छ । नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन पाउँदैन् । शक्ति राष्टसँग मिलेर काम काम गर्ने हो । उनीहरुले यो गर, त्यो गर भनेर कसैले भनेको सुन्ने होइन । प्रधानमन्त्रीले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन हुँदैन हुँदैन भनेर जवाफ दिनुपर्छ ।’

प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपीपीबारेका भ्रम र आशंकाहरुका प्वाल बन्द हुने उनले बताए । आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदमा प्रदिप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए ।

 

 
 
  
 

You may also like