बिरामीलाई फलफुल वितरण गरि जन्मदिन

बुटवल।बुटवलका एक युवाले आफ्नो जन्मदिनलाई सामाजिक कार्य गरि मनाएका छन। बुटवल उपमहानगरपालिका वाड न १३ निवासी तथा गोर्खाली युवा सशक्तीकरण सस्था, रुपन्देहीका सचिब केशब खनालले बुधबार लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक बिभागमा रहेका बिरामीहरुलाइ फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन। जन्म ठुलो होटेलमा अथवा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको उनले बताए। समाज रुपान्तरणको शुरुवात आफैबाट गर्नुपर्ने उनको सुझाव छ। कार्यक्रमलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेसहित विभिन्न वडाका जनप्रतिनिधि, सामाजिक ब्याक्तित्व तथा स्वास्थकर्मिहरुले साथ दिएका थिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पान्डेले समाज परिवर्तन गर्न युवाहरुको अगुवाई जरुरी रहेको भन्दै नया र उत्प्रेरणा जगाउने खालका कार्यक्रमलाई सबैले अनुसरण गर्न सुझाव दिए।
अस्पतालका प्रमुख डा इन्द्र ढकाल, अध्यक्ष भरत पुरी, अर्जुन खनालले सधै सेवामा समपिर्त भएर चलाईएका रचनात्मक अभियानबाट नै समाज रुपान्तरण हुने बताए।

 
 
  
 

You may also like