रुसले युक्रेनी नागरिकलाई उसकै भूमिमा रुसी राहदानी वितरण गर्दै

किभ । दक्षिणी युक्रेनस्थित रुसी अधिनस्थ निकायहरूले त्यहाँका खेर्सोन र मेलितोपोल शहरका स्थानीयलाई रुसी राहदानी वितरण गर्ने कार्य शुरु भएको बताएका छन् । युक्रेनले आफ्नो भूमिमा रुसी नागरिक बनाउने कामलाई भत्सर्ना गर्दै यसलाई ’रुसीकरण’ को संज्ञा दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस प्रक्रियालाई तीव्रता दिइरहेका छन् ।

रुसी सरकारी समाचार एजेन्सी तासले शनिबार एक कार्यक्रमबीच पहिले २३ जना खेर्सोनवासीलाई रुसी राहदानी प्रदान गरिएको बताएको छ । तासले हजारौँ व्यक्तिले रुसी राहदानीका लागि आवेदन दिइसकेको दाबी गरे पनि यो भनाइ पुष्टि हुन सकेको छैन ।

रुसद्वारा नियुक्त खेर्सोनका सैनिक गभर्नर भोलोदिमिर साल्दोले भनेका छन्, ‘यहाँका हाम्रा सम्पूणर् कमरेडले सकेसम्म छिटो रुसी नागरिकता र राहदानी लिन चाहेका छन् ।’ युक्रेनले यस कदमलाई आफ्नो भौगोलिक अखण्डताको ‘स्पष्ट उल्लंघन’ को संज्ञा दिँदै राष्ट्रपति पुटिनको यो घोषणा कानुनी रूपमा अवैध रहेको जनाएको छ ।

सन् २०१४ मा क्रिमिया र दोन्वासको अधिकांश भूभाग कब्जा गरेयता रुसले युक्रेनी क्षेत्रका वासिन्दालाई यसरी राहदानी वितरण गर्ने नीति अपनाउन थालेको हो । बीबीसीबाट

 
 
  
 

You may also like