विश्व वातावरण दिवस:बुटवल लेडिज जेसिजले चिडिया खोलामा रहेको बाल विकास केन्द्रको परिसरमा बृक्षरोपण

बुटवल ।विश्व वातावरण दिवसको अवसरमा बुटवल लेडिज जेसिजले बुटवल स्थित चिडिया खोलामा रहेको बाल विकास केन्द्रको परिसरमा बृक्षरोपण तथा सरसफाई गरेको छ । एक कार्यक्रममा बिच जेसिजले वुटवल ३ स्थित बाल मन्दिर उद्यान परिसरमा फलफूलका बिरुवाहरु रोपेको हो ।

कार्यक्रममा बोल्दै जेसिसका प्रमुख अतिथि बुटवल उपमहानगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकालले जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै वृक्षरोपणले पहिरो रोकथाममा महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

उनले सरकारले वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए । साथै सबै किसिमबाट पछाडि परेको उक्त बाल विकास केन्द्रलाई थप व्यवस्थित बनाउन सबैलाई साथ दिन आग्रह पनि गर्नुभयो । शिक्षा नै पहिलो प्राथमिकतामा रहेका बताए ।

लेडी जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठले बाल मन्दिरको थप स्तर उन्नतिको लागि साथ दिन तयार रहेको बताइन् । बाल विकास केन्द्रको संरक्षकको अवसर पाएमा पनि सबै किसिमको सहकार्य गर्न तयार रहेको बताईन ।

कार्यक्रममा बुटवल उपमहानगर पालिका वडा ३ का सदस्य आनन्द भगत श्रेष्ठ , जेसिजका पुर्व अध्यक्ष रेखा शर्मा कट्टेल, केन्द्रका संचालन समितिका सदस्य मन्जु प्रधान, जेसिजका सल्लाहकार रूपा पाण्डे, संस्थाका आजिवन सदस्य गिता ज्ञवाली , शिक्षिका विन्दु गौतम लगायतले बोल्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

साे अवसरमा आँप, धुपिसल्लो,कागती लगायतका प्रजातीका बिरुवा रोपिएको हो । जेसिजले केन्द्र परिसरमा सरसफाइ समेत गरेको र बाल विकास केन्द्रलाई २ थान फोहोर फाल्ने डस्विन पनि वितरण गरेको छ ।

कार्यक्रम संयोजक जेसिजका शाखा सम्पादक जमुना शर्मा श्रेष्ठको स्वागत मन्तव्य र जेसिजका महासचिव संगिता ढकालको संचालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like