गुल्मी मुसिकोटका – ८ का वडाअध्यक्षले गरे बिद्यालयमा छात्रावृतिको घोषणा

गुल्मी । मुसिकोट नगरपालिका वडा नं. – ८ भलेकास्थित खड्कदेवी प्राथमिक विद्यालयले नयाँ जनप्रतिनिधीलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गतको कार्यक्रममा भरखरै सम्पन्न निर्वाचन मार्फत निर्वाचित नयाँ जनप्रतिनिधिलाई सम्मान तथा विद्यार्थीहरूलाई बिद्यालय पोसाक बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

मुसिकोट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रमेश विश्वकर्माले कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै विद्यालयमा रहेका बालबालिकाहरुलाई व्यक्तिगत रुपमै छात्रावृति प्रदान गर्ने घोषणा गर्नुभएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब जेहेन्दार बालबालिकाहरुलाई शिक्षामा प्रोत्साहान गर्ने गरी व्यक्तिगत रुपमा छात्रावृति वितरण गर्ने बताउनुभएको हो ।

वडाको तर्फबाट विद्यालयको विकासको निम्ती हुने सबै किसीमका पहलहरु गर्ने भन्दै उहाँले विद्यालयमा गुणस्तरीय शिक्षा र पूर्वाधारको विकासमा वडा तथा नगरपालिका केन्द्रीत भएर लाग्ने बताउनुभएको थियो ।

सो अवसरमा बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । कार्यक्रममा विद्यालय परिवारले वडाध्यक्ष बिकसहित वडा सदस्यहरु चन्द्र बहादुर घर्ती र हीरा बहादुर नेपालीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएको थियो ।

विद्यालयका प्रधानाध्यापक सम्झना काफ्लेको स्वागत रहेको सो कार्यक्रमको सञ्चालन शिक्षक अम्विका सापकोटाले गर्नुभएको थियो ।

 
 
  
 

You may also like