राप्रपाद्वारा बुटवलमा विरोध सभा

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवलको आयोजनामा स्वर्गीय राजा बिरेन्द्रको बंशनास भएको दिनको सम्झनामा श्रद्दान्जली कार्यक्रम तथा बाके जिल्ला नेपालगंजमा जनस्तरबाट पुन:स्थापित सर्बप्रिय राजा बिरेन्द्रको शालिक माथि सरकार पक्षबाट भएको तोडफोड तथा जनासाधरण माथिको धरपकडका बिरुद्द बिरोध र्याली गरेको छ।

बुटवल नगर अध्यक्ष निरज प्रताप खांणको संयोजकत्वमा भएको कार्यक्रममा राप्रपा पूर्व केन्द्रीय सदस्य बिष्णु बहादुर कार्की , इर्शाद आलम मिया , राप्रपा लुम्बिनी प्रदेश सचिब राजेन्द्र अधिकारी लगायतले आज नेपालगंजमा भएको घटनाको बिरोध गर्दै , गिरफ्तार हुनुभएका राष्ट्रबादी योद्दाहरुलाई तुरुन्त रिहा गर्न माग गर्नुभएको थियो | देशमा अहिले महँगी बढिरहेको र जनता दिनप्रतिदिन आक्रान्त भईरहेकोले अब देशमा संघियता खारेज गरि , जनतामाथि लागेको महँगीको बोझ कम गर्न सरकार समक्ष कार्यक्रमका संयोजक निरज प्रताप खाण ले माग गर्नुभएको थियो।

आज बाकेमा भएको घटनामा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना साथै गिरफ्तार भएका रास्ट्रबादी योद्धाहरुलाइ अबिलम्ब रिहाइको गर्नको लागि पनि माग गर्दछौ , अन्यथा थप संघर्सका कार्यक्रम गर्न बाध्य हुने कुरा बुटवल नगर सचिब गौतम रिजालले जानकारी दिनुभएको छ।

 
 
  
 

You may also like