१५ औ गणतन्त्र दिवस लुम्बिनी प्रदेश सरकारले ३ दिनसम्म मनाउने तयारी

बुटवल । १५ औ गणतन्त्र दिवस लुम्बिनी प्रदेश सरकारले बिविध कार्यक्रम गरि ३ दिनसम्म मनाउने भएको छ ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज पत्रकार सम्मेलनकाे आयोजना गरि कार्यक्रमकाे तयारी बारे जानकारी गराएको हो ।

३ दिने कार्यक्रम अन्तर्गत भाेली शनिबार प्रदेशको शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्रालयकाे बुटवलमा खुल्ला दाैड प्रतियोगिता,१५ गते प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा बिशेश कार्यक्रम आयोजना गरिएको र साे कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बाेधन गर्ने तथा १६ गते प्रदेशको कुनै एक ठाउँमा फलफूल तथा अन्य बिरुवा राेपण गर्ने कार्यक्रम तय भएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव काेमल प्रसाद धमलाले जानकारी दिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले मुलुकमा गणतन्त्र ल्याउन पत्रकारहरूकाे भुमिका महत्त्वपूर्ण रहेको भन्दै गणतन्त्र दिवस सफल बनाउन पत्रकारहरूसँग आग्रह गरे ।

 

 
 
  
 

You may also like