विद्यार्थीलाई दिवा खाजामा १० रुपैयाँ थप गर्ने तिलोत्तमाका मेयरको पहिलो निर्णय

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका नव निर्वाचित मेयर रामकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उनलेे सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजामा प्रति विद्यार्थी १० रुपैयाँ थपेर दिने पहिलो निर्णय गरेका छन् ।

हाल संघीय सरकारले दिवा खाजा वापत प्रति विद्यार्थी १५ रुपैयाँ अनुदान दिंदै आएको छ । संघीय सरकारले दिने दिवा खाजाको रकम अलि कम भएकाले १० रुपैयाँ नगरपालिकाको वजेटबाट थपेर २५ पु¥याउने निर्णय गरेकाे उनलेे बताए । त्यसले विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै पक्षलाई सहयोग गर्ने उनको बिश्वास छ ।

शुक्रबार नै उपमेयर जगेश्वरी चौधरीले पनि पदभार ग्रहण गरेकी छन् ।तिलाेत्तमा नगरपालिकाकाे गयराती अबेर मात्रै मतगणना सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like