75
बुटवल।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाँणले ८२५ मतले अग्रता लिएका छन् ।
५५ हजार १९४ मत गणना हुँदा गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाँणले २० हजार ८५४ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले २० हजार २९ मतका साथ पछ्याई रहेका छन् ।
यसअघि सार्वजनिक मत परिणाममा ९६३ मतले अग्रता लिएका खाँणको मतान्तर घटेर ८२५ मा झरेको छ ।
मेयर पदमा नेपाली कांग्रेसका खाँणले अग्रता लिदा उपप्रमुख पदमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरीले दोब्बर मतले अगाडि छिन् । चौधरीको १९ हजार ६६८ मत आउँदा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा हेमन्तले ९ हजार ७५७ मत मात्र पाएका छन् ।