लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेसका सजरुद्धिन मुसलमान निर्वाचित

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सजरुद्धिन मुसलमान निर्वाचित भएका छन् । आइतबार सकिएको मत गणनामा उनी जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्तालाई हराउँदै निर्वाचित भएका हुन् ।

मुलसमानले नौ हजार ५७२ मत प्राप्त गर्दा गुप्ताले ६ हजार २ मत प्राप्त गरेका छन् । नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् ।

हरिजनले ६ हजार ५९० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सवनम जहाँ शेषले ६ हजार १४५ मत प्राप्त गरेकी छन् । २०७४ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी निर्वाचित भएका थिए ।

 

 
 
  
 

You may also like