नेपालमा ‘असानी’ चक्रवातको प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । नेपालमा अहिले स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । ‘असानी’ चक्रवात अहिले पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ । ‘असानी’ को प्रभाव नेपालको मौसमी प्रणालीमा परिरहेको छ ।

आज (बुधबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश-१ का एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१ र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश-१, मधेस प्रदेश र वागमती प्रदेशमा सामान्य बदली रहने जनाएको छ । अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

 

 
 
  
 

You may also like