तिलोत्तमा ४ लाई बिकासमा नमुना बनाउंछु ः गोबिन्द भुसाल

तिलोत्तमा ।रूपन्देहीको तिलोत्तमा–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा गोविन्द प्रसाद भुसाल उम्मेदवार छन् । वडालाइ बिकासमा नमुना बनाउने उनको योजना छ ।

बैसाख ३० मा हुने स्थानीय तह निर्वाचन २०७९ का लागि उनले प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेर मतदाता भेटघाटमा ब्यस्त भएका छन् ।
उनले वडामा रहेको जनज्योति मा।वि को स्तरोन्नति गरी अङ्ग्रेजी तथा नेपाली दुबै माध्यममा पढाइ हुने व्यवस्था गरिने र प्राविधिक तथा सीपमूलक शिक्षाको पठनपाठनको पनि सुरुवात गरिने बताए ।

निर्माणाधीन अवस्थामा सीमानगरमा रहेको शान्ति चिल्ड्रेन पार्कको स्तरोन्नति गरिने, निर्माणाधीन अवस्थामा रहेको किरियापुत्री भवनलाई छिटोभन्दा छिटो पूरा गरिने,वडाभित्रका सरकारी भवनहरूलाई अपाङ्गता मैत्री बनाइने बताए।उनले १० नम्बर तपाहा चोकदेखि उत्तरतर्फ वडा नम्बर ३ को सीमानासम्मको सडकको दाँयावाँया नाला बनाई आवश्यक स्तरोन्नति गरिने उल्लेख गरे ।

वडामा महिला सदस्यमा धनमाया राना, दलित महिला सदस्यमा मिनाकुमारी रसाली, खुला सदस्यमा मित्रलाल न्यौपाने र मातृका ज्ञवाली उम्मेदवार रहेका छन् । उनीहरुले वडालाई भ्रष्टाचार मुक्त वडा र विकासमा नमुना वार्ड वनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

नेपाली कांग्रेसले वडाको विकासका लागि उद्योग ब्यवसाय र सामाजिक अभियानमा निरन्तर खटिरहने युवाहरुलाई उम्मेदवार वनाएको भन्दै वडावासी पनि खुशी भएकाछन् । मतदाताको घरदैलोमा पुग्दै गर्दा सबै मतदाताले यो पटक कांग्रेसका सबै उम्मेदवारलाई विजयी वनाउने प्रतिवद्धता सहित विजयको शुभकामना ब्यक्त गरेकाले आफुहरुको विजय सुनिश्चित भएको सदस्य पदका उम्मेदवार मित्रलाल न्यौपानेले बताए ।

 
 
  
 

You may also like