मोतिपुर औद्योगिक क्षेत्रका स्थानियलाई सरकारले विस्थापन गर्दैन ः गृहमन्त्री बालकृष्ण खाँण

बुटवल।गृहमन्त्री बालकृष्ण खांणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताउनुभएको छ ।रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको उहांको भनाइ छ ।

मोतिपुरमा आयोजित कार्यक्रममा बोल्दै उहांले भन्नुभयो –‘यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गरिदैन,सबैलाइ ब्यबस्थापन गरिनेछ,जनताको सुरक्षामा सरकार प्रतिबद्ध र जिम्मेबार छ ।’

उहाले अगाडी भन्नुभयो –‘जनतालाई पूर्ण भरोसा र विश्वास गरेरै सरकार अघि बढ्छ,यो महत्वपूर्ण आयोजना हो,यसमा कुनै समस्या आउने छैन,तपाइहरुको सकारात्मक सहयोग रहोस् ।’

गृहमन्त्री खंँणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सीमित स्रोत र साधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंसायोग्य रहेको उहांको भनाइ छ ।
गृहमन्त्री खांणले निर्वाचनका बेला स्थानीय प्रशासन र सुरक्षा निकायले आगामी दिनमा पनि यो भन्दा पनि राम्रो व्यवस्थापन गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

त्यस्तै मन्त्री खांणले बुटवल–१७ मा रहेको मुक्तेश्वर शिवालय मन्दिरमा वैदिक परम्पराअनुसार पूजाअर्चना समेत गर्नुभयो ।
खांणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा चौधरी,महासमिती सदस्य बिमल ढकाल, प्रदेस प्रतिनिधी भिम प्रसाद न्यौपाने, वडा नम्बर १७ का पार्टी सभापति बाबुराम घिमिरे , सचिव कमल गुरुङ ,वडा नम्बर १७ का अध्यक्ष पदका उम्मेदवार ज्ञान बहादुर रेस्मी,वडा नम्बर १८ का अध्यक्ष पदका उम्मेदवार गोले प्रसाद चौधरी , १९ का अध्यक्ष पदका उम्मेदवार मिन प्रसाद श्रेष्ठ लगायतले वैदिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गर्नुभयो ।

 
 
  
 

You may also like