देवदहको शान्ति सुरक्षा र बिकासका लागि गठबन्धनको जीत आवश्यक ः हिरा केसी

देवदह । देवदहको शान्ति सुरक्षा र समग्र विकासका लागि हिरा बहादुर खत्रीको प्यानलको जितको आवश्यकता रहेको देवदह १० चरंगेका स्थानीयले बताएका छन । देवदह १० चरंगे लगाएतका विभिन्न स्थानमा भएको मेयर उपमेयरका उम्मेदवारसहितको गठबन्धनको घरदैलो कार्यक्रममा स्थानीयले सो कुरा बताएका हुन ।

२०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्पmबाट मेयरमा निर्वाचित हिराबहादुर खत्री र वडा नं १० का अध्यक्ष एकबहादुर सुनार लगाएतको कार्यसमितिको पहलमा पिछडिएको वडा अन्तर्गत पर्ने देवदह १० मा विकास भएको भन्दै स्थानीयले खुशि व्यक्त गरेका थिए । २०७४ सालको स्थानीय चुनाव अगाडी वडामा थुप्रै खालका समस्या थिए तर अहिले विस्तारै विकासका कामहरु भइरहेको भन्दै स्थानीयले देवदहमा विकासको लहर ल्याउन पुनः हिरा बहादुर खत्रीसहितको जित हुनुपर्ने बताएका थिए ।

स्थानियले भने—पहिला हाम्रो वाड देवदहको अविकसित वार्ड अन्तर्गत पर्दथ्यो तर अहिले हाम्रो वाड विकसित वाडको रुपमा अगाडी छ भन्दा फरक पर्दैन अब फेरी ंंपनि हामी नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठबन्धनले जितोस र अब बाकी रहेका काम पुरा गरुन । बर्तमान परिस्थितीमा गठबन्धनको बिकल्प नरहेको भन्दै स्थानीयले शुभकामना समेत दिएका थिए ।

सो अवसरमा बोल्दै गठबन्धन तर्पmका उमेदवार हिराबहादुर खत्रीले देवदहका १२ वटै वडाका जनताको ईच्छा, चाहना र आवश्यकता अनुसारनै काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । देवदह पर्यटकीय सुन्दरताले भरिपूर्ण नगर भएको भन्दै देवदहमा आन्तरीक र वाहय पर्यटनलाई आर्कषित गर्ने खालका पर्यटकीय स्थलको संरक्षण, सम्बद्र्धन र विकास गर्दै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउने उहाँले बताउनु भयो ।

उहाँले देवदह पर्यटकीय चक्रपथ निर्माण र यातायातका साधनको नियमित सञ्चालन गरि सबै पर्यटकीय क्षेत्रमा विद्युत, खानेपानी, शौचालयको उचित व्यवस्थापन गर्ने गठबन्धनको लक्ष्य रहेकाले आप्mनो गठबन्धनलाई जिताउन उहाँले आग्रह गर्नु भएको थियो । नेता खत्रीले देवदह नगरका बालबालिकालाई शिक्षाको पहुचमा पुर्याउनको लागि आधारभूत शिक्षा अनिवार्य, माध्यमिक शिक्षा निःशुल्क गर्ने बताउनु भएको थियो ।

 
 
  
 

You may also like