तिलोत्तमा ट्यालेन्ट हन्ट सम्पन्न

बुटवल ।रुपन्देहीको तिलोत्तमा तिलोत्तमा ट्यालेन्ट हन्टको फाइनल राउण्ड सम्पन्न भएको छ । फाइनल राउण्ड सँगै प्रतियोगिताको डान्स तर्फको उपाधी सब्रिना थापाले जितेकी छन् । यस्तैगरि  मोडलिङ्ग तर्फको उपाधी आशिका काफ्ले र डिजन शाहीले जितेका छन् ।

यस्तै डान्स तर्फ सौरबी भण्डारी द्धितिय र डिजन शाहीले तृतीय स्थान प्राप्त गरेका छन् । प्रतियोगिताको मोडलिङ्ग तर्फ डेनियल मगरले भ्युअर्स च्वाईसको उपाधी जितेका छन् ।

नेपाल आइडल सिजन ५ का बिजेता भुपेन्द्र थापा मगर, बाल कलाकार सचिन परियार, चर्चित गायक देवेन्द्र बब्लु मुख्य आर्कषकको रुपमा रहनु भएको प्रतियोगिता नेपाली चलचित्र जगतका नायक तथा मोडल जिवन भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतियोगितमा फेसन कोरियोग्राफर युदिन खड्गी, आशा घर्ति मगरले कोरियाग्राफि गर्नु भएको थियो भने मेकअप मेनमा पुष्पा सुवेदी रहनु भएको थियो । २६ जना प्रतियोगीहरुको सहभागीता रहेको प्रतियोगीतामा डान्स तर्फ मिना बुढाथोकी, सुन्दर गुरुङ्ग र तृष्णा श्रेष्ठ निर्णायकको भुमिकामा हुनुहन्थ्यो । यस्तै पेजेन्ट निर्णायकमा महेश गिरी, आकृति परियार, बुलबुल सारु रहनु भएको थियो । के बि डान्स स्टुडियोका आयोजनामा सम्पन्न प्रतियोगिता बिक्रम परियारको अध्यक्षता , संचारकर्मि सुमन श्रेष्ठको कार्यक्रम  संचालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like