बुटवलको जंगलमा एक दम्पत्तिको शव फेला

बुटवल । बुटवलको जंगलमा दम्पत्तिको शव फेला परेको छ। बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उहाँकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीका अनुसार आइतबार दम्पत्तिको शव भेटिएको हो। उनीहरु चैत ६ गते गोरखामा आफन्त भेट्न भन्दै घरबाट हिँडेको तर, घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार शव भेटिएको डीएसपी केसीको भनाइ छ।

‘विष खाएको अनुमान गरिएको छ’, डीएसपी केसीले भन्नुभयो, ‘घटनास्थलमा तन्ना ओछ्याएर खाने बस्ने गरेको देखिन्छ। यो विषयमा थप अनुसन्धान सुरु गरेका छौँ।’

छोरा वैदेशिक रोजगारीमा रहेको र घरमा बुहारी र छोरीसँग बस्दै आएको खुलेको छ। शव वरपरबाट प्रहरीले विषका डब्बा, सिसाका बोत्तल, मदिरा, कपडा, तन्ना बरामद गरेको छ। प्रहरीले अनुसन्धान सुरु गरेको छ। गोरखा पत्र

 
 
  
 

You may also like