नेपाल अडिटर्स एशोसियसनमा नयां नेतृत्व

बुटवल । नेपाल अडटिर्स एशोसियसन (अडान) रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न अधिवेशनवाट नयां नेतृत्व चयन भएको छ । नेपाल अडिटर्स एशोसियसन रुपन्देहीको छैठौं अधिवेशबाट निर्बिरोध रुपमा राम प्रसाद पौडेलको नेतृत्वमा कार्य समिति चयन भएको हो ।

जसका उपाध्यक्षमा कौशल कुमार कर्ण, सचिवमा कृष्ण प्रसाद न्यौपाने, सहसचिवमा अरुण कुमार कर्ण, कोषाध्यक्षमा विष्णु बस्याल चयन हुनु भएको छ । निर्वाचन समितिका अनुशार संस्थाको सदस्यहरुमा मुकुन्द्रहरी ज्ञवाली,मधु प्रसाद खनाल,रामप्रसाद पाण्डे, लेखनाथ वस्याल,विष्णु प्रसाद पौडेल,दीपक न्यौपाने,लुम्वराज ज्ञवाली र चेत प्रसाद वस्याल निर्विरोध निर्वाचित हुनु भएको छ ।

यस अघि अधिवेशनको उद्घाटन समारोहमा वोल्दै अडानका केन्द्रिय अध्यक्ष मोहनराज रेग्मीले मुलुकमा आर्थकि संकट आउन नदिन अडिटरहरु थप जिम्मेबार भएर काम गर्नुपर्नेमा जोड दिनु भयो । कर छली हुनबाट रोक्न अडिटरहरुको पनि महत्वपूर्ण भूमिका रहने भन्दै उहांले राज्यलाई आर्थकि संकटमा फस्न नदिन थप चनाखो भएर काम गर्नु पर्ने बताउनु भयो ।

नेपाल अडिटर्स एशोसियसन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घघाटन कार्यक्रममा अडानका केन्द्रीय सचिव द्धय शंकर ज्ञवाली, साबित्रा शर्मा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खड्का, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल,आइक्यान बुटवलका संयोजक शविहरी शर्मा, काशीराम पोखरेल,रामप्रसाद पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 
 
  
 

You may also like