तेस्रोलिङ्गी समुदायका ब्यक्तिको कथामा आधारित चलचित्र सुपर सिक्स(६)को बुटवलमा शुभमुहर्त

बुटवल । सिद्वबाबा मुभी मेकरको ब्यानरमा निर्माण हुने चलचित्र सुपर सिक्स (सुपर ६)को शुभमुहर्त भएको छ।नयावर्ष २०७९ सालको अवसरमा चलचित्र बुटवलमा शुभमुहर्त गरिएको हो।लिजेन्ट फ्लिम्स प्रालिको पोस्ट प्रोडक्सनमा निर्माण हुन लागेको चलचित्र बरिस्ठ निर्देशक लय सग्रौलाको निर्देशनमा निर्माण हुने छ।तेस्रोलिङ्गी समुदायका ब्यक्तिको कथामा आधारित चलचित्र निर्माण गर्न लागेको हो।
चलचित्रको निर्माता राम प्रसाद उपाध्य्याय र टीका राना रहेको निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गरि राजधानी बाहिरबाट निर्माण गर्न लागेको जानकारी गराएको हो।चलचित्रको सह निर्मातामा प्रेम श्रेष्ठ र निलकण्ठ चालिसे छन भने चलचित्रको सह निर्देशक (कथा लेखन) प्रेम गुरुङ रहेका छन।
सर्ट मुभी, म्युजिक भिडियोहरुको अनुभव संगालेको बताउदै ५०-६० लाखको बजेटमा निर्माण हुन लागेको जानकारी दिए। बैशाख ३ गतेदेखी नै सुटिङ शुरु हुने चलचित्रको मुख्य कलाकारहरु नायक प्रेम गुरुङ, नायिकाहरु संगिता केसि र हेमा मगर रहेका छन।
चलचित्र बुटवल, भैरहवा,पोखरा र पाल्पामा सुटिङ हुनेछ भने सुटिङ १ महिनामा सकिने छ । २ घण्टाको चलचित्र निर्माण हुने बताउदै उनले दशै पछि देशब्यापी रिलिज गरीने बताए।
चलचित्र यम रानाले छायांकन गर्ने छन, भने चलचित्रको द्वन्द सह निर्देशक गोपाल परियार रहेको कलाकार दिपु मगरले जानकारी दिए।
चलचित्रमा कलाकारहरु बिनय उदय, जितेन्द राना, अरुण श्रेष्ठ, हेमा मगर, तारा थापा, बाल कलाकार नीति चालिसे लगायतको अभिनय देख्न सकिनेछ।
पत्रकार भेटघाट कार्यक्रममा आफ्नो अनुभव सुनाउदै माराङ फ्लिम निर्माता एव ग्रील ब्यवसायी समिति रुपन्देही अध्यय तुलजी सारुले निर्माणमा बाधा भएपनी सहज रुपमा कार्यक्रम सञ्चालन गर्न सुझाब दिदै आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

 
 
  
 

You may also like