फेरि बढ्न थाल्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा फेरि सुनको भाउ बढ्न थालेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

 
 
  
 

You may also like