प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किदै

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज (आइतबार) स्वदेश फर्किदै छन् । आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले भारत उत्तर प्रदेशको वाराणसी (बनारसं) को भ्रमण गर्ने कार्यक्रम रहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेका थिए । साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर-जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा १८ गते दिउँसो प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेको थिए । प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौं पटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

 
 
  
 

You may also like