बुटवल । हात्तीस्थान फाउण्डेसनको प्रथम अधिवेशन तथा साधारण सभा बुटवलमा सम्पन्न भएको छ । सभाले डा. शिवशंकर बस्यालको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा ऋषिराम बस्याल, सचिव दुर्गा पाण्डे, कोषाध्यक्ष टंक बस्याल, सहसचिव शिवलाल लम्साल र सदस्यहरु माया चापागाई, रामप्रसाद पाण्डे, दुर्गा तरामु मगर, जयबहादुर भट्टराई, यामबहादुर पाण्डे, माया पाण्डे रहनुभएको छ ।
त्यसैगरी सभाले ऋषिराम बस्यालको नेतृत्वमा तामेकोट सेतीबेनी केबलकार अध्ययन तथा निर्माण समिति बनाएको छ भने दुर्गा पाण्डेको नेतृत्वमा इन्भेष्टमेन्ट कम्पनी सञ्चालक समिति गठन गरेको छ । त्यसैगरी प्राध्यापक रामप्रसाद पाण्डेको संयोजकत्वमा प्रकाशन समिति गठन भएको छ भने कमल भुसालको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार परिषद गठन गरेको छ । जसको सदस्यहरूमा नुमाकान्त चापागाई, लिलाधर पौडेल, श्यामप्रसाद बस्याल, मोतीबहादुर पाण्डे, भीमबहादुर थापालगायत रहनुभएको छ ।
सभामामा बोल्दै गरिमा विकास बैंकका अध्यक्ष श्यामकुमार बस्यालले स्याङ्जाको स्यालबास, तामेकोट, हात्तीस्थानलगायतका क्षेत्रहरुबाट विभिन्न पेशा व्यवसायका क्रममा अस्थायी वा स्थायी रूपमा देश विदेशका विभिन्न स्थानहरुमा बसोबास गर्ने स्याङ्जालीहरुले आनो जन्मभूमि वा गाउँको विकासका लागी सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ती क्षेत्रहरू सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरु भएको भन्दै यसको क्षेत्रको विकास र समृद्धिका लागी राज्यले ध्यानदिनुपर्ने बताउनुभयो ।
सभामा अवधारणा पत्र प्रस्तुत गर्दै डा. शिवशंकर बस्यालले तामेकोट क्षेत्र पुरातात्विक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएको भन्दै यस क्षेत्रलाई विश्वव्यापी बनाउन सबै एकीकृत हुनुपर्ने बताउनुभयो । उहाँले गल्याङ नगरपालिकाको हात्तीस्थान, तामेकोट, स्यालबास, मिर्मी, सेतीबेनी शिलालेक क्षेत्रका जनतालाई लक्षित गरी सामूहिक वित्तिय संस्था र केबलकारको सम्भाव्यताबारे अध्ययन गरिएको भन्दै यसले स्थानीय जनताको आर्थिक जीवनस्तर उकास्ने बताउनुभयो ।
मिर्मी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद पाण्डेले गाउँको आर्थिक स्तर उन्नतिका लागी सबै क्षेत्रबाट पहल हुनुपर्ने बताउदै फाउण्डेसनले यसको मूल नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा जन्मिएर विभिन्न स्थानहरुमा पेशा व्यवसायमा संलग्न वा बसोबास गर्ने सबै स्याङ्जालीहरुले आनो जन्मभूमिको माटोलाई बिर्सन नहुने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी एवं बुद्धिजीवीहरु इन् अधिकारी घनश्याम भट्टराई, शिवराल लम्साल, दुर्गा तरामु मगर, खोमा तरामु मगर, जयबहादुर भट्टराई, लिलाधर पौड्याल, कलम भुसाल, नुमाकान्त चापागाई, घनश्याम भट्टराई, श्यामप्रसाद भट्टराई लगायतले बोल्दै स्याङ्जाको सुदूर गाउँ हात्तीस्थान, तामेकोट, स्यालबास, मिर्मि र सेतीबेनी क्षेत्रलाई विश्वव्यापी प्रचार गर्न तथा त्यहाँको जनताको जीवनस्तर विकासका लागी सबैले आआनो क्षेत्रबाट सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रमको अध्यक्ष फाउण्डेसनका अध्यक्ष दुर्गा पाण्डे बस्यालको अध्यक्षता र सञ्चालन फाउण्डेसनका उपाध्यक्ष खेमकुमारी भुर्तेल चापागाईले गर्नुभएको थियो । सभामा डा. बस्यालले फाउण्डेसनको आर्थिक प्रतिवेदन र आगामी योजना पेस गर्नुभएको थियो । फाउण्डेसनले त्यस क्षेत्रको पर्यटन विकासलाई केन्मा राखेर स्मारिका प्रकाशन गर्न लागेको छ ।
यसअघि फाउण्डेसनले गत पुष १५, १६ र १७ गते स्याङ्जामा हात्तीस्थान तामेकोट महोत्सव सम्पन्न गरेको थियो । महोत्सवमा उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन् नेपालीले गर्नुभएको थियो । यो क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका ५ मा रहेको छ । यहाँ करिब ७ सय ५० बर्ष पुरानो तामेकोट राज्यको दरबारको भग्नावेश रहेको छ । फाउण्डेसनले उक्त स्थानमा पर्यटकीय विकास गर्ने उद्देश्यले करिब १० करोडको लगानीमा उक्त दरबार पुनर्निर्माण गर्न लागेको छ ।
स्याङ्जाको तामेकोटमा केबलकार चलाउने तयारी
70
previous post