नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ

काठमाडौ । विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिको अध्यक्ष नियुक्त गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलमा पर्वतका विद्वान गुरुङ नियुक्त गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्तिमार्फत जारी गर्दै शेर्पा र गुरुङ नियुक्त भएको जानकारी दिएका हुन् । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम उनीहरुलाई जिम्मेवारी दिइएको हो । गुरुङ र शेर्पा दुबै देउवानिकट हुन्।

पौडेलका अनुसार तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।

 
 
  
 

You may also like