चीनमा विमान दुर्घटना : कोही जीवित व्यक्ति फेला परेनन्

काठमाडौं । दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु बोकेको विमानबाट अहिलेसम्म कोही पनि जीवित व्यक्ति फेला नपारेको उद्धारकर्ताहरूले बताएका छन् । चाइना इस्टर्न फ्लाइट MU5735 किन सोमबार आकाशबाट खस्यो भन्नेबारे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको अधिकारीहरुको भनाइ छ ।

गुआङ्सी प्रान्तमा बोइङ ७३७-८०० दुर्घटनाग्रस्त स्थलमा कठिन भूभागका कारण उद्धार कार्यमा अप्ठ्यारो भइरहेको छ । समाचारको पर्खाइमा रहेका यात्रु र चालक दलका परिवारहरू शोकमा डुबेका छन् । सयौं उद्धारकर्मीहरूले वुझाउको ठाडो जंगली भिरालोहरूमा खोजी कार्य जारी राखेका छन्, जहाँ विमानको भग्नावशेषहरू छरिएका छन् ।

चीनको नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको लगभग ३६ घण्टासम्म समाचार ब्रिफिङ्ग आयोजना नगरेका कारण हताहत बारेमा कुनै आधिकारिक शब्द थिएन । ‘अहिलेसम्म, खोज र उद्धार कार्यले कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन’, सीएएका उड्डयन सुरक्षा कार्यालयका निर्देशक झु ताओले पत्रकारहरूलाई भने, ‘अझै पनि दुर्घटनाको कारणको स्पष्ट भएको छैन । हाल उपलब्ध जानकारीलाई ध्यानमा राखेर मूल्यांकन गरिरहेका छौं ।’

 
 
  
 

You may also like