बुटवल ६ काङ्ग्रेसद्वारा प्रचारप्रसार कार्यलय उद्घाटन

बुटवल।काङ्ग्रेस बुटवल उप-महानगरपालिका वार्ड नम्बर ६ ले चुनावी प्रचारप्रसारको लागि कार्यलय उद्घाटन गरेको छ।

वैशाख ३० गतेदेखि स्थानीय तहको चुनाव आइरहदा नेपाली काङ्ग्रेसले चुनावी कार्यक्रमलाई व्यापक रुपमा प्रचारप्रसार गर्नको लागि काङ्ग्रेस बुटवल महानगरले वडा-वडामा निर्वाचन प्रचारप्रसार कार्यलयको स्थापना गरेको हो ।

नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उद्घाटन गरेका हुन ।

वडा सभापति ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय सभापति  हरि लम्साल ,नेता युबराज गिरि,नगर सभापति खेलराज पाण्डे,बालकुमारी भण्डारी ,जमुना ढकाल ,महत्व कक्षपति,योगमाया भट्टराई लगायतले बोल्दै कांग्रेस जनताको सुख दुखको साथी बन्नुपर्ने बताए ।

कार्यक्रमका सभापती ज्ञवालीले नेपाली कांग्रेसलाई स्थानीय,संघिय निर्वाचनमा बिजय गराउनका लागि वडामा टोल कमिटी गठन गर्नुका साथै सम्पूर्ण कृयाशिल सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

 
 
  
 

You may also like