चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना

काठमाडौं । एक सय ३३ यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिण-पश्चिम चीनमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा मृत्यु हुनेको संख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रशारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको ग्वान्झाऊ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ । अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ । यो जहाज ग्वान्सी क्षेत्रस्थित पहाडमा खसेपछि आगो लागेको देखिएको छ ।

 
 
  
 

You may also like