मिश्रले पार्टीबाट हटाए पाण्डे पक्षीय प्रदेश सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्य

काठमाडौं । रविन्द्र मिश्र अध्यक्ष रहेको विवेकशील साझा पार्टीले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ ।
यसमा प्रदेश सांसद रमेश पौड्याललगायत ‘मूल बाटो’ नामक दस्तावेज ल्याउने नेताहरू रहेका छन् । यी मिलन पाण्डे पक्षीय नेताहरू हुन् । पाण्डेलाई यसअघि नै मिश्रले जिम्मेवारीबाट मुक्त गरिसकेका छन् ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निणर्य गरेको छ ।

यसैगरी रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

 
 
  
 

You may also like