पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार भने देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै बुधबार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्ह्तिर मेघगर्जन् र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like