घरको छतबाट लडेर चौधरीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा घरको छतबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । शिवराज नगरपालिका-५ बस्ने उत्तम चौधरीको घरको छतबाट लडेर सोही घरमा बस्दै आएका दाङ लमही नगरपालिका-२ नर्थीका ४६ वर्षीय काशीराम चौधरीको बिहीबार राति मृत्यु भएको छ ।

बुधबार छतबाट लडेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 
 
  
 

You may also like