सैनामैनामा समुदाय स्तरमा एन्टिजेन परीक्षण गरिने

by समतल अनलाइन

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड—१९ का सम्भावित विरामीको समुदाय स्तरमा एन्टिजेन परीक्षण गर्ने भएको छ ।

अहिले कोरोना भाइरस र तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेकोले समुदाय स्तरमा संक्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउन र संक्रमित व्यक्तिलाई छुट्टाएर आइसोलेसनमा राखेर उपचार गर्ने प्रयोजनका लागि एन्टिजेन परिक्षण गरिने नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार माघ ५ गते अर्थात् भोलिदेखि समुदाय स्तरमा एन्टिजेन परीक्षण गरिनेछ ।

कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुलाई तोकिएका स्थानमा आई परिक्षण गर्न प्रमुख कार्कीले आग्रह गनुभयो ।

वुधवार अर्थात् माघ ५ गते वडा नं.१ को कार्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म, वडा नं.२ को कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परिक्षण गरिने भएको छ ।
त्यस्तै माघ ६ गते पर्रोहा स्वास्थ्य चौकीमा वडा नं। ३ का लागि बिहान १० देखि १२ बजे सम्म समय तोकिएको छ भने वडा नं। ४ का लागि दिउँसो २ देखि ४ बजे सम्म सोही स्थानमा समय तोकिएको हो ।

माघ ७ गते वडा नं.५ को बुद्ध स्टार क्लव भवनमा बिहान १० देखि १२ बजेसम्म र वडा नं। ६ को दुधराक्ष स्वास्थ्य चौकीमा २ देखि ४ बजे सम्म एन्टिजेन परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

त्यस्तै पालिकाका अनुसार माघ ९ गते वडा नं। ७ को वडा कार्यालय देउवापार र वडा नं.८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र बाँसगढीमा परीक्षण गरिने छ ।

माघ १० गते वडा नं.९ को वडा कार्यालयमा बिहान १० देखि १२ सम्म र वडा नं.१० को वडा कार्यालयमा दिउँसो २ देखि ४ बजे सम्म परीक्षण हुने भएको छ ।

त्यस्तै माघ ११ गते वडा नं. ११ को कोटियादेवी मावि तालिमा बिहान १० देखि १२ बजे सम्म एन्टिजेन परीक्षण हुनेछ ।

नगरपालिकामा हालसम्म ५७ हजार बढीले कोरोना भाइरस कोभिड —१९ विरुद्धको खोप लगाएका छन् । नगरका ११ वटै वडाका गरि कूल ५७ हजार ६ सय ३९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

 
 
  
 

You may also like