तराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसो पहाडी क्षेत्रमा वर्षाको अनुमान

by समतल अनलाइन

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ ।दिउँसो आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 
 
  
 

You may also like