नेपालमा एकै दिन थपिए पाँच हजार ८७ जना कोरोना संक्रमित, तीनको मृत्यु

३० पुष २०७८, शुक्रबार

काठमाडौं । नेपालमा एकै दिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा एक लाख १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया