भैरहवामा भारतिय ट्रकको ठक्करबाट मोटरसाकल चालकको मृत्युु

by समतल अनलाइन

बुटवल । भैरहवामा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान करिव ११ बजेको समयमा भैरहवा बुद्धचोकमा लु.१८ प.५७१६ नम्बरको मोटरसाइकल र युपि ४२ एटि ४३५२ नम्बरको
भारतीय ट्रकले ठक्कर दिदा ओमसतिया गाउँपालिका स्थित ४१ बर्षिय जिवराज बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाटो क्रस गर्नेबेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बश्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो । दुर्घटनापछि ट्रकले मोटरसाइकललाई करिब

बुद्धचोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनीको नजिक ल्याएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ । ट्रकको सिसा फुटेको छ । घटनास्थलमा आएको प्रहरीले ट्रकमा थप क्षति हुनबाट जोगाएको थियो । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

 
 
  
 

You may also like