कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ भने आज (शुक्रबार) देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म) प्रदेश-१ र २ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश-१ को पहाडी भेगमा एक वा दुई स्थानमा भने हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति (भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे) देशभर मौसम आंशिक बदली रहने बुलेटिनमा उल्लेख छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ : देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।

 
 
  
 

You may also like