पाँच प्रदेशमा वर्षा, केही स्थानमा हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । देशका केही स्थानमा आज (बुधबार) हल्का वर्षा र केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश-१ र प्रदेश-२ सहित देशका पहाडी भू-भागहरूमा सामान्य बदली छ । बाँकी स्थानहरूमा आंशिक बदली छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, प्रदेश-२, वागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

यस्तै, प्रदेश-१, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

 
 
  
 

You may also like