तीव्र गतिमा बढ्दै कोरोना : आज एकै दिन थपिए २,४४४ संक्रमित

by समतल अनलाइन

काठमाडौं । नेपालमा फेरि कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । कोरोनाको तेस्रो लहर शुरु भएको एक सातामै संक्रमितको संख्या दैनिक पाँच सयदेखि एक हजारको दरले बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर २,४४४ नयाँ संक्रमित थपिएका छन् । जसमा १,९८१ संक्रमित आरटी पीसीआर परीक्षणबाट भेटिएका हुन् । त्यस्तै एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यही अवधिमा मृत्युदर भने निकै कम रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मात्रै ज्यान गएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ । ही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।

 
 
  
 

You may also like