अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

by समतल अनलाइन

काठमाडौं । अष्ट्रेलियामा कोभिड-१९ का संक्रमितको १० लाख नाघेको छ । जसमध्ये आधाभन्दा धेरै संक्रमित पछिल्लो एक सातामा थपिएका छन् । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियामा कोरोनाका संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।

यससँगै मुलुकका अस्पतालमा भर्ना हुनेको संख्या पनि बढेको छ भने आपूर्ति सञ्जालमा पनि समस्या देखिएको छ । निकै कडा लकडाउन र सीमा बन्दको रणनीतिमार्फत लामो समयसम्म मुलुकमा महामारी नियन्त्रण गर्न सफल भएको अष्ट्रेलियाले पछिल्लो केही समययता भने आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने निणर्य गरेको थियो ।

अष्ट्रेलियाले कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या धेरै भएको भन्दै अब भाइरससँगै बाँच्न सुरु गर्नुपर्ने बताउँदै आएको छ । अष्ट्रेलियामा अहिलेसम्म १० लाख ३ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । सोमबार मात्र अष्ट्रेलियाका न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा ५५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म अष्ट्रेलियामा २ हजार ३८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

 
 
  
 

You may also like