रामेछापमा बुहारीद्वारा ससुराकाे हत्या

by समतल अनलाइन

मन्थली। जिल्ला प्रहरी कार्यालय रामेछापले आफ्नै ससुराको हत्या अभियोगमा बुहारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख एवम् डिएसपी सन्तोषकुमार भट्टराईका अनुसार मन्थली नगरपालिका वडा नम्बर १२, जिङ्गल बस्ने ६५ वर्षीय डिकबहादुर अछामी सार्कीको हत्या अभियोगमा कान्छी बुहारी पार्वती अछामीलाई पक्राउ गरिएको हो ।

बुहारीले ससुराको हत्या के कारणले गरेकी हुन् सो विषयमा रामेछाप प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

‘जिङ्गलाका ६५ वर्षीय डिकबहादुर अछामी सार्कीको आफ्नै घरमा मृत अवस्थामा शव भेटिएको खबर हुन साथ असोज २७ गते प्रहरी निरीक्षको नेतृत्वमा टोली खटियो’, प्रहरी प्रमुख भट्टराईले भनेका छन्, ‘शवको जाँच गर्दा कर्तव्यबाट ज्यान मारेको देखिन आएको र घटनाको बारेमा अनुसन्धान गर्दा डिकबहादुर अछामी सार्कीकी कान्छी बुहारी पार्वती अछामीले दाउराको चिरपटले हत्या गर्न आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।’

डिकबहादुर अछामी सार्कीकी कान्छी बुहारी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । पार्वतीलाई म्याद थपका लागि जिल्ला अदालत रामेछापमा पेश गरिएको छ । अदातले अनुसन्धानका लागि म्याद थप गरी दिएको छ ।

 
 
  
 

You may also like