रुपन्देहीमा डेंगुका बिरामिहरुको संख्या १८१२ पुग्यो

by समतल अनलाइन

पछिल्लो १२ दिनमा ५ सय बिरामि थपिए
बुटवल,। रुपन्देही जिल्लामा डंगु संक्रमण हुनेको १८१२ पुगेको छ । जिल्लामा डेंगुको संक्रमण बढ्ने क्रम जारी रहदा १२ दिनको अबधिमा ५ सय बिरामि थपिएका हुन् ।

रुपन्देहीमा अहिले सम्म डेंगुको संक्रमण हुनेको संख्या १८१२ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले बुटवल अनलाइनलाई जानकारी दिए । गत असोज १६ गते सम्म रुपन्देही जिल्लामा १३१२ जना डेंगुका बिरामि फेला परेकोमा आज सम्म आइपुग्दा सो संख्या बढेर १८१२ पुगेको हो ।

यस बर्ष पहिलो पटक गत साउन ३१ गते एकै दिन ४ जनामा देखिएको डेंगुको संक्रमण आज सम्म आइपुग्दा १८१२ पुगेको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै ३७९ जना डेंगुका मिरामि फेला परेको अस्पतालका मेडिकल रेकर्डर सहायक चन्द्रकान्त महतोले जानकारी दिए ।

यद्यपी सो बिबरणमा जिल्लाका सबै अस्पतालहरुको एकिन तथ्याङ्क समावेश नभएकोले जिल्लामा डेंगुका बिरामिहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान छ ।

 
 
  
 

You may also like