70
काठमाडौं । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा १४औं महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्य खुलाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनी हाल केन्द्रीय सदस्य नै छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।