२५९ मा कोरोना संक्रमण, २६४ जना निको, एकको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७,२३१ पीसीआर र २,६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ । कुल संक्रमितमध्ये ६,९४४ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २६४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ ।

उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १५९ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १ लाख ४४ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 
 
  
 

You may also like