रातभर सामुहिक बलात्कारपछि दलित महिलाको हत्या, दुई जना पक्राउ

by समतल अनलाइन

महोत्तरी। महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी भंगहा नगरपालिका–५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मृतक अमृता भंगहा–२ बखरी टोलकी दलित समुदायकी हुन् । ३५ वर्षीया अमृतामाथि सदालाई रातभरि बलात्कार गरी हत्या गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । ‘मेला हेर्न जाउ भनी झुक्याएर राति ९ बजे लगे । गाउँ नजिकैको चौरीमा पुर्‍याएर दुवै जनाले पालैपालो करणी गरे । अचेत अवस्थामा भेटिएकी अमृताको उपचारको क्रममा निधन भयो’ एसपी दिनेश आचार्य ।

बुधबार आरोपी विपिनलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका–५ पक्राउ गरिएको हो । उनीहरुमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ । गत असोज १३ गते झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरि जबरजस्तीकरण गरेको एसपी दिनेश आचार्यले बताएका छन् ।

‘मेला हेर्न जाउ भनी झुक्याएर साँझ ९ बजे लगे । गाउँ नजिकैको चौरीमा पुर्‍याएर दुवै जनाले पालैपालो करणी गरेको पाइयो’, एसपी अचार्यले भने, ‘सामुहिक बलात्कारबाट बेहोस् भएकी मृतक अमृतालाई बिहान ३ बजे घर नजिकै सडकमा छाडेर भागे ।’ उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको थियो । दुई वर्षअघि अमृता र मनोजबीच चिनजान भएको थियो । मनोजले आफ्ना साथी विपिनसँग मिलेर राति मोटरसाइकलमा लगेर करणी पश्चात हत्या गरेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like