कात्तिक १ गते गृहमन्त्री खाण रुपन्देही आउदै

by समतल अनलाइन

बुटवल । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाण कात्तिक १ गते
रुपन्देही आउनुहुने भएको छ ।
गृहमन्त्री भएपछी उहाँ कार्तिक एक गते पहिलोपटक गृह जिल्ला रुपन्देही आउन लाग्नु भएको हो ।
काङ्ग्रेस नेता स्व. प्रेम खरेलको शोक सभामा सहभागी हुन रुपन्देही आउन लाग्नु भएको हो ।
काङ्ग्रेस केन्द्रीय सदस्य एबम प्रभाबशाली नेता गृह
मन्त्री भएपछी पहिलो पटक रुपन्देही आउनु हुने
भएकाले नेपाली कांग्रेस रुपन्देहीले उहाँको बधाई तथा सम्मान कार्यक्रम समेत राखिएको नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती अब्दुल रज्जाकले जानकारी दिनु भयो ।
पार्टी कार्यालय भैरहवामा बिहान १० बजे उहाँको सम्मानमा पार्टिले भेटघाट कार्यक्रम राखिएको सभापति रज्जाकले बताउनु भयो ।

 
 
  
 

You may also like