हेटौँडामा बसको ठक्करले २ जनाको मृत्यु

by समतल अनलाइन

मकवानपुर । हेटौंडा– १५ स्थित रातमाटेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुबाहक बसले विपरीतबाट आइरहेको मोटरसाइकललाई ठक्कर दि‌ँदा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा हेटौंडा– १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा– ३ का २२ वर्षीय सुशान्त दियाली रहेका छन् ।

शुक्रबार राति १० बजेतिर भएको उक्त दुर्घटनामा परी ना ५८ प ९९७३ नम्बरको मोटरसाइकलमा सवार रहेका २ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिने ना ६ ख ७६९ नम्बरको बसलाई आक्रोशित स्थानीयले तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।

 
 
  
 

You may also like