दशैं सस्तो बजारमा नुन किन्नेदेखि नयां नोट साटनेसम्मको घुइचो

२६ असोज,बुटवल। बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अस्ति बुधवारदेखि बुटवलमा सञ्चालन भइरहेको दशैं सस्तो बजारमा नुन किन्नेदेखि नयां नोट साटनेसम्मको घुइचो लागेको छ ।
दशैं बजारमा दशै तिहार जस्ता पर्वका लागि आवश्यक बस्तु र दैनिक उपभोग्य बस्तु बजार मुल्य भन्दा सस्तोमा उपलब्ध गराईएपछी सर्बसाधारणको बिहानैदेखि साझसम्म घुइचो लाग्ने गरेको हो ।
दशैं बजारमा दैनिक उपभोग्य बस्तुहरु बजार मुल्य भन्दा ५० प्रतिशतसम्म छुटमा विक्रिको व्यवस्था गरिएको छ । बजार मूल्य भन्दा झण्डै २० रुपैया कममा चिनि विक्रि गरिएको छ भने घिउ एक सय रुपैया सस्तो रहेको छ । त्यस्तै तेल, देखि दैनिक उपभोग्य सामानमा विशेष छुट दिई विक्रि गरिएको छ ।
विभिन्न किसिमका ४० स्टल रहेको दशैं बजारमा चिनी प्रति किलोग्राम ५८ रुपैयां, डीडीसी घिउ प्रति किलोग्राम ८ सय १० रुपैयांमा बिक्रि गरीएको संघका कार्यसमिति सदस्य तथा बजार संयोजक नरिश्वर पौडेलले जानकारी दिनुभयो । दशैं बजारमा घिउ प्रति किलोग्राम एक सय रुपैयां र  खाने तेल पनि  बजार मूल्य भन्दा प्रति कार्टुन ५० देखि ७० रुपैयां सस्तोमा विक्रि गरिएको छ ।
त्यस्तै सर्बसाधारणका लागि नयां नोट सटहीको व्यवस्था पनि दशै बजारमा नै गरीएको छ । संघको पहल र समन्वयमा ग्लोवल आईएमई बैकले स्टल नै राखेर ५ हजार रुपैयांका नयां नोट साट्ने गरेको छ । ५ दिनमा एक करोड बढी नोट सटही हुने अनुमान गरीएको छ । नोट साटन बिहान १० बजेदेखि साझ ५ बजेसम्म नै सर्बसाधारणको बालमन्दिरमा लाईन लाग्ने गरेको छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले दशै बजार सञ्चालन भएको ३ दिनसम्ममा ५५ लाख बढीको सामान बिक्रि भएको जानकारी दिनुभयो ।
दशै बजारमा हनि फुड प्रोडक्टस प्रालिले दिनभरी बिष्कुट किनेका ग्राहक मध्ये एकजनालाई कुपन चिट्टा मार्फत ४० ईञ्चको एलसीडि टेलिभिजन दिदै आएको छ । शुक्रवारसम्म ३ जनाले टेलिभिजन प्राप्त गरेका छन ।
दशै बजारमा ग्राहकले निकै उत्साहजनक रुपमा दैनिक उपभोग्य बस्तु खरिद गरीरहेको लुम्विनी दुग्ध बितरण आयोजनाका बजार व्यवस्थापक अयुष अलिले बताउनु भयो ।
दशै बजारमा सामान किन्न आएकी देवदहकी रुपा गौतमले. व्यवसायीक सस्थाले सुपथ मुल्यमा सामान बिक्रि गरेर व्यापार गरेर नाफा मात्रै कमाउछन भन्ने भ्रम हटाएको बताउनु भयो । त्यस्तै सालझण्डीका महेश चौधरीले दशैका समयमा मात्रै नभएर सर्बसाधारण मजदुरका लागि सधैभरी यस्तो सुपथत बजार वा पसल सञ्चालन गरे न्युन आय भएका आफु जस्ता नागरीकलाई फाइदा हुने बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *