१,१२३ ले जिते कोरोना, ८६७ नयाँ थपिए, नौं जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५,५९८ पीसीआर र २,६२१ जनाको एन्टीजेन परीक्षणका क्रममा ८६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ७ लाख ९६ हजार ६१८ पुगेको छ । कुल संक्रमितमध्ये १७ हजार ६४२ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा १,१२३ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ ।

उक्त अवधिमा नौं जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ । हाल १६ हजार ३७१ जना होम आइसोलेसन र १,२७१ जना संस्थागत आइसोलेसनमा छन् । २३९ जना क्वारेन्टाइन, ३५० जना आइसीयू र ११२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like