शेयर बजारमा ७३ दशमलव ५ अंकको पहिरो

by समतल अनलाइन

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ७३ दशमलव ५ अंकले घटेर दुई हजार ६ सय ४५ दशमलव ४१ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

दुई सय २७ कम्पनीको एक करोड ४७ लाख आठ हजार ६८ कित्ता शेयर किनबेच हुँदा कुल पाँच अर्ब १२ करोड ९७ लाख तीन हजार ९६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ओरालो लाग्नेमा फाइनान्स र निर्जीवन बिमा समूह छन् । फाइनान्स समूह एक सय ११ दशमलव ९६ अंकले ओरालो लागेको छ भने निर्जीवन बिमा समूह चार सय ३९ दशमलव २८ अंकले ओरालो लागेको छ । बाँकी सबै समूहका उपसूचकहरू एकदेखि दुई प्रतिशत हाराहारीमा ओरालो लागेका छन् ।

सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको १५ करोड ४९ लाख ७१ हजार दुई ३० दशमलव ९० रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता रहेका छन् । लघुवित्त एक सय ४४ दशमलव ८० अंकले फाइदामा गएको छ । सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा हिमालय गुडवील फाइनान्सका लगानीकर्ता छन् । कम्पनी –५७ अंकले घाटामा गएको छ ।

 

 
 
  
 

You may also like