बुटवल। रुपन्देहीको तिलोत्तमा -५ स्थित सिता भण्डारी मृत्यु प्रकरणमा १० दिनपछि प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ , प्रहरी र पिडितपक्ष बिच जिल्ला प्रशासनमा भएको छलफलपछि जाहेरी दर्ता भएको हो।
जाहेरीमा मृतक सीताका श्रीमान् टिका पौडेल , जेठाजु हरि पौडेल र पौडेलकी आमाजू विष्णुलाई किटानी गरिएको जनाएइएको छ। जो मृतकका जेठाजु तिलोत्तमा ५ का वडा सदस्य रहेका छन्।
मणिग्रामका कफी कम्पनिका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ ।
बिहे भएको २ बर्षपछि आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियो ।
नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको दश दिन बित्दा पनि उनको शव उठेको छैन । घटनाबारे उच्चस्तरीय छानबिन गरेर न्याय पाएमा मात्रै शव बुझ्ने माइति परिवारको भनाइ छ ।
केहि दिन पहिले मृतकको माइतीपक्षद्वारा घरमा गरिएको घेराउ (भिडियो)