देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं। आज (मंगलबार) दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान प्रदेश–१, प्रदेश–२ र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 

 
 
  
 

You may also like