90
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७,८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३,१४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा १,४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ छ । पछिल्लो २४ घण्टामा १० हजार ४४९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै ४५४ जना आइसीयूमा र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।