इन्सेकद्वारा स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवाला बिच अन्तक्रिया कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल । स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवाला बिच अन्तक्रिया कार्यक्रम आइतबार बुटवल नगरपालिका-१५ स्थित तामनगरमा सम्पन्न भएको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)बाट संचालित जिम्मेबार निकायहरुलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत गठित मानव अधिकार समुह र बुटवल उप-महानगरपालिको स्वास्थ्य अधिकारको बारे अन्तरक्रिया कार्यक्रम भएको हो ।

बुटवल उप-महानगरपालिका-१५ तामनगरमा सम्पन्न उक्त अन्तरक्रियामा वडा कार्यालयले स्वास्थ्य क्षेत्रमा गरेका कामहरु र आगामी दिनमा यस क्षेत्रमा गर्नु पर्ने कामका विषयमा छलफल भएको थियो ।

बुटवलक उप- नगरपालिकामा गठीत मानव अधिकार निगरानी समुहले वडाको स्वास्थ्य सवालहरु पहिचान गरी सम्वोधनका लागि वडा संग समुन्वय गर्न अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा बोल्दै बुटवल उप- उपमहानगरपालिका -१५ वडा अध्यक्ष डम्बर बहादुर भण्डारीले खोपको सुनिश्चित गरि जनतालाई छिटो भन्दा छिटो खोपको ब्यवस्था गर्ने आश्वासन व्यक्त गरे। स्वास्थ्य सम्बन्धि वडाले गरेका कामहरुको तथ्याक अध्यावधि गरी राख्ने, स्वास्थ्य विमामा र्सवसाधारणको पहँच सुनिश्चीत गर्नका लागि सहजिकरण गर्ने र स्वास्थ्य शिविर, सुुस्केरी पोषण कार्यक्रम,दिर्घ रोग भएका व्यक्तिलाई औषधि सहयोग कार्यक्रमलाई संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै इन्सेककि अध्यक्ष कमला भण्डारी ज्ञवालीले स्वास्थ्य अधिकार संबैधानिक अधिकार भएको हुुनाले सबै नागरीकहरुको स्वास्थ्य सवाल प्रति जिम्मेवार निकायहरुले संवेदशिल भएर काम गर्नु पर्ने धारण राखेकि थिइन ।

बुटवल उप-महानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मी , बुटवल उप- महानगरपालिका-११ का वडा अध्यक्ष राम चन्द्र खनाल , बुटवल उपमहानगरपालिका स्वास्थ शाखा प्रमुख गिता पाण्डे लगायतले सरकार नागरिकप्रति जिम्मेवार रहेर भ्याक्सिन छिटो उपलब्ध गराउनलाई माग गरे ।

उपभोक्ता हित संरक्षण, टोल विकास समितिका पदाधिकारी , वडाका जनप्रतिनिधि, कर्मचारी, मानब अधिकारकर्मी र पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रम इन्सेकका सहजकर्ता विष्णु घिमिरेले सहजिकरण गरेका थिए ।

 
 
  
 

You may also like